‘भारत नजिकको छिमेकी हो, हाम्रो सम्बन्ध रगतले बाँधिएको छ’


 


हाल भारतको आधिकारिक भ्रमणमा रहेका बङ्गलादेशका विदेश मन्त्री हसन महमुदले भारत नजिकको छिमेकी भएको उल्लेख गर्दे आफुहरुको सम्बन्ध रगतले बाँधिएको बताउनुभएको छ ।

एएनआईसँग कुरा गर्दै विदेशमन्त्री महमुदले भारत बङ्गलादेशको छिमेकी मात्र नभई बङ्गलादेशको स्वतन्त्रता युद्धमा पनि महत्वपूर्ण सहयोगी  भूमिका खेलेको कुरामा जोड दिनु भएको छ । 

महमुदले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले चुनाव पछि भारत भ्रमण गर्ने बताउदै भारत–बङ्गलादेशका समस्याको विस्तृत श्रृंखला रहेको बताउनुभयो । बङ्गलादेशको स्वतन्त्रता र स्वाधिनता प्राप्तिको आन्दोलनमा भारतीय जनता तथा सेनाले आफ्नो रगत बगाएकाले दुई राष्ट्रबीचको सम्बन्ध रगतले बाँधिएको  बताउनुभएको छ ।  

आफ्ना भारतीय समकक्षी जयशङ्करसँगको भेटमा बङ्गलादेशका विदेशमन्त्रीले सीमापार मुद्दा, शक्ति साझेदारी, समन्वयलगायतका सबै मुद्दामा छलफल गरेको  एएनआईलाई बताउनुभयो ।

यसअघि, बङ्गलादेशका विदेश मन्त्री महमूदले आफ्नो भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन योगदान पुर्याउने बताउनुभएको थियो । 

एएनआईसँग कुरा गर्दै महमुदले बङ्गलादेश र भारत दुई भाइचारा देशबीच राम्रो सम्बन्ध रहेको बताउनुभयो । बङ्गलादेश वा भारतीय मन्त्रीको बङ्गलादेशको कुनै पनि भ्रमणले द्धिपक्षिय सम्बन्धलाई बलियो बनाउने उहाँको भनाइ रहेको छ ।   

विदेश मन्त्री महमुदले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटवार्ता गर्नुभएको थियो । दुई नेताहरूले सुरक्षा सुनिश्चित गरी बाहिरी स्थिरतासमेत कायम गर्न क्षेत्रीय सहयोग बढाउनका लागि मार्ग खोज्न छलफल भएको छ । 

प्रधानमन्त्रीका रूपमा लगातार चौथो कार्यकाल सुरक्षित गर्दै शेख हसिनाको ऐतिहासिक विजय प्राप्त गरेपछि बङ्गलादेशको नयाँ सरकारमा शपथ लिएपछि महमुदको यो पहिलो विदेश भ्रमण हो । रासस/एएनआई

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्