क्रिकेट मैदानमा सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुई जना पक्राउ


 


काठमाडौं, माघ २५ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लगाउने दुई जना समर्थक पक्राउ परेका छन् ।

नेपाल र क्यानडाबीच एकदिवसीय शृङ्खलाको खेल भइरहँदा यस्तो नारा लगाइएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

समर्थकले सन्दीपको पक्षमा ब्यानरसहित नाराबाजी गरेका हुन्। उनीहरूले सन्दीप चाहियो भन्दै नारा लगाएपछि प्रहरीले सुरुमा रोक्ने प्रयास पनि गरेको थियो ।

४०औँ ओभरमा खेल चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नाराबाजी गर्दा केही बेर खेल नै प्रभावित भयो ।

नाराबाजी रोक्ने प्रयास असफल भएपछि प्रहरीले सन्दीपको पक्षमा नारा लगाउने दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्