पोखरामा ५ करोड फिरौती माग्दै धम्की दिने दुई जना पक्राउ


 


पोखरा, माघ २५ । पोखरामा ५ करोड रुपैयाँ फिरौती माग्दै ज्यान मार्ने धम्की दिने दुई जना पक्राउ परेका छन् ।

कास्की प्रहरीले फिरौती माग्ने पर्वतको कुश्मा नगरपालकिा घर भएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्रीलाई बुधबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । उनीहरुले पोखरा महानगरपालिका–१६, लामाचौरका दीपमा सच्चाई केन्द्रका अध्यक्ष चलाउँदै आएका प्रकाशदीप गैरेलाई माघ १८ गतेदेखि फोन तथा म्यासेजमार्फत पाँच करोड रुपैयाँ माग्दै ज्यान मार्ने धम्की दिँदै आएका थिए ।

पक्राउ परेका २ जनाले फोन तथा म्यासेजमा हिन्दी भाषामा कुराकानी गरेर फिरौती माग्ने र नदिए ज्यान मार्ने धम्की दिँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्