भैँसी गोठमा आगलागी हुँदा दुई बाल बालिकाको मृत्यु


 


अछाम, माघ २५ । अछामको मेल्लेख गाँउपालिका वडा नं. ३ दर्वामा भैँसी गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ ।

जयबहादुर बुढा र झंकरे बुढाको खरले छाएको भैँसीगोठमा आगलागी हुँदा झंकरेको नातिनी ६
वर्षीया निरुता बुढा र सोही ठाँउका जगत बुढाको छोरा तीन वर्षीया अंकित बुढाको जलेर मृत्यु भएको हो ।

बिहीबार साँझ गोठको ढोका नजिक बालेको आगोबाट गोठ भित्र राखिएको खरमा आगो सल्किएको प्रहरीले जनाएको छ ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्