बालुवाटारमा सत्ता गठबन्धन दलको बैठक


 


काठमाडौं, माघ २५ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलका नेताहरुको बैठक बसिरहेको छ ।

बैठकमा नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरि उन्मुक्ति पार्टी लगायत दलका नेताहरु सहभागी छन् ।

बैठकमा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार चयन, संघीयता कार्यानवयन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

राष्ट्रिय सभाकाको नयाँ अध्यक्षका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पनि सम्भावित उम्मेदवारको रुपमा हेरिएको छ ।

यद्यपि राष्ट्रिय सभामा अहिले सबैभन्दा ठूलो दल बनेको नेकपा माओवादी केन्द्रले पनि अध्यक्षमा दाबी गरिरहेको छ ।

शीर्ष नेताहरुको बैठकपछि मुख्यमन्त्रीहरुसँग छलफलको कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति: २५ माघ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्