प्रधानमन्त्रीले नै जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई छोड्न दबाब दिए : अमरेस सिंह


 


काठमाडौं, माघ २४ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले व्यापारीको पैसा खाएका नेताले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यक्तिहरुलाई छाड्न दबाब दिएको आरोप लगाएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा सांसद सिंहले बाँसबारी जग्गा हिनामिनामा पक्राउ परेकालाई छाड्न प्रधानमन्त्री र सत्ता गठबन्धनका नेताले प्रहरीलाई दबाब दिएको बताएका हुन् ।

सरकार चलाउने दलको संरक्षणमा सार्वजनिक सम्पत्ति लुटिएको उनले आरोप लगाए ।​ प्रहरीले समातेको २ घण्टा नहुँदै प्रधानमन्त्री र गठबन्धनका नेताबाट प्रहरीको आईजीलाई फोन गरेर तुरुन्तै छाड्न आदे् दिएको उनको आरोप छ । उनले तिनै व्यापारीको पैसा खाएर नेताहरुले पार्टी चलाइरहेको आरोप पनि लगाए ।

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित तीन जनालाई अदालतले हाजिरी जवानीमा रिहा आजै गरेको छ ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्