गणतन्त्र दिवसमा जनमतले शक्ति प्रदर्शन गर्दै जनआन्दोलनको घोषणा गर्ने


 


काठमाडौँ, माघ २४ । जनमत पार्टीले गणतन्त्र दिवसका दिन शक्ति प्रदर्शन गर्ने भएको छ ।

जनमतले जेठ १५ गते मनाइने ‘गणतन्त्र दिवस’ का दिन काठमाडौँको भृकुटी मण्डपमा प्रदर्शनसहित आमसभाको आयोजना गर्ने भएको हो ।

‘उठौँ, जागौँ–देश विकासको आन्दोलनमा सहभागी होऔँ, दोस्रो गणतन्त्रको आन्दोलनमा सहभागी होऔँ’ भ्रष्टाचार मेटाऔँ, दलतन्त्रको तानाशाही हटाऔँ, जनताको अधिकार जनताकै हातमा दिऔँ’ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहित “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” ल्याऔँ’ भनी नाराका साथ आयोजना हुने आमसभामा अध्यक्ष सिके राउतले जेठ १५ गते नौ बुँदे माग राख्दै तेस्रो जनआन्दोलनको घोषणा गर्नेछन् ।

अध्यक्ष राउतले नयाँ व्यवस्था ल्याउन र निर्वाचन गराउनका लागि आन्दोलनकारीको नेतृत्वमा अन्तरिम सरकार गठनको माग गर्दै सरकार, पार्टी र शीर्ष नेताको संलग्नता र संरक्षणमा भएका भ्रष्टाचार, अनियमितता र दण्डहीनताको छानबिन गरेर सजाय दिन सरकारसँग माग समेत गरेका छन् ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्