नेपाल र क्यानडाबीचको क्रिकेट सिरिज ‘डिसहोम गो’ मा प्रसारण हुने


 


काठमाडौं, नेपाल र क्यानडाबीचको क्रिकेट सिरिजको प्रत्यक्ष प्रसारण ‘डिसहोम गो’ मा हुने भएको छ ।

क्रिकेट एसोसियसन नेपालको आयोजनामा भोलि (शुक्रबार)देखि हुन लागेको नेपाल र क्यानडाबीचको यो सिरिजको प्रत्यक्ष प्रसारण ‘डिसहोम गो’ मा प्रसारण हुन लागेको हो ।

साथै यसको प्रत्यक्ष प्रसारण ‘एक्सन स्पोर्टस एचडी वान’ मा पनि हुनेछ । उक्त सिरिजका सम्पूर्ण खेलहरु त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा हुनेछन् ।

डिशहोम गो ले कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पनि प्रत्यक्ष प्रशारण गरको हो ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्