यस्तो नालायक सरकार कहिल्यै थिएन, न कान छ न आँखा : बास्कोटा


 


काठमाडौँ, माघ २४ । नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले वर्तमान सरकार र गतिहीन भएको बताएका छन् ।

बुधवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पूर्व मन्त्री समेत रहेका बास्कोटाले यस्तो आरोप लगाएका हुन् ।

‘योभन्दा नालायक, गतिहीन, जबाफदेहिताविहीन इतिहासमा कहिल्यै थिएन । जसको न कान छ न आँखा छ, कहिले सुन्छ सरकारले ?’, बास्कोटाले प्रन गरे ।

प्रधानमन्त्री प्रचण्ड काभ्रेको पाँचखाल पुगेर मात्रै त्यहाँको अवस्था थाहा पाएको उल्लेख गर्दै उनले भने– ‘पटक–पटक बाटो बनाउन आग्रह गरे पनि सरकारले सुनेन ।’

यस्तै बास्कोटाले जिल्लाका किसानले दूध बेचेको पैसा कहिले पाउँछन् भन्दै प्रश्न समेत गरे ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्