पोखराबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ


 


कास्की, माघ २४ । पोखरा महानगरपालिका–८ नागढुङगाबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका–१४ खाल्टे मसिना बस्ने ३१ वर्षीय लक्ष्मण कडेलको एडभान्स अटो रिपेरिङ वर्कशपमा जुवातास
खेलिरहेको अवस्थामा उनीसहित प्रहरीले पाँच जनालाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद १४ हजार २ सय ६० रूपैयाँ र ३ बुक तास बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्