मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


 


मोरङ, माघ २४ । ग्रामथान गाउँपालिका–२ सुखानी खोला छेउस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

को.२३ प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका–७ बस्ने ३२ वर्षीय मनोज विश्वासको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

्दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्