सुर्ती किन्दा फन्दामा परेर नक्कली नोट काराेबारी, एक जना पक्राउ


 


बारा, माघ २४ । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर बजारबाट नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले १ हजार दरको ६१ थान नक्कली नोटसहित सर्लाही चन्द्रनगर नगरपालिका–३ बस्ने ४४ वर्षीय रामचन्द्र महत्तोलाई
मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ति किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महत्तोलाई नक्कली नोटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्