६४ किलो गाँजासहित एक जना पक्राउ


 


मकवानपुर, माघ २४ । मनहरी गाउँपालिका–७ रमौलीबाट प्रहरीले लागूऔषध ६४ गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोही ठाउँका ४५ वर्षीय जगत बहादुर प्रजालाई ६४ किलोसहित अवैध गाँजा मंगलबार राति पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले प्रजाको घर नजिक मलराख्ने खाल्डोमा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्