बहुविवाह मुद्दामा फरार प्रतिबादी महिला पक्राउ


 


कञ्चनपुर, माघ २४ । बहुविवाह मुद्दामा जिल्ला अदालत कञ्चनपुरबाट कैद सजाय र जरिवाना ठहर भई फरार रहेकी एक फरार प्रतिबादी महिला पक्राउ परेकी छन् ।

जिल्ला अदालतको मिति २०७९।०६।२६ गतेको फैसलाले ११ महिना ११ दिन कैद सजाय र २० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी कञ्चनपुरको भिमदत्त नगरपालिका १० कि ३२ वर्षीया देवकी टमटा पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार दिउँसो महेन्द्रनगर बजारबाट पक्राउ गरि सम्मानित अदालत समक्ष उपस्थित
गराएको हो ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्