चार क्वीन्टल बढी जडीबुटी बरामद


 


दार्चुला, माघ २४ । दार्चुलाको मार्माबाट प्रहरीले साढे चार क्पवीन्टल बढी जडिबुटी बरामद गरेको छ ।

मार्मा गाउँपालिका–२ लटिनाथ स्थित चेक प्वाइन्टबाट अवैध रुपमा ल्याइरहेको चार क्विन्टल ६२ किलो जडीबुटी पासणभेद मंगलबार साँझ प्रहरीले बरामद गरेको हो ।

ईलाका प्रहरी कार्यालय लटिनाथ दार्चुलाबाट खटिएको प्रहरी टोलीले सोही गाउँपालिकाको वडा नम्बर ५ मुरैबाट लटिनाथ तर्फ आउदै गरेको म १ च ६८४ नम्बरको बोलेरो जीपलाई चेकजाँच गर्ने क्रममा सो जडिबुटी बरामद गरिएको प्रहरीले जनाएको छ ।

साथै प्रहरीले सवारी साधन र जीप चालक सोही गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ३२ को दिनेश बिष्टलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्