सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


 


काठमाडौं, माघ २४ । नेपाली बजारमा केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आज भने बढेको छ ।

सुन आज तोलामा ६ सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने स्थिर रहेको छ ।

चाँदी आज पनि प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जजनाएको छ ।

प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्