बौद्धमा सार्वजनिक सुनुवाई


 


काठमाडौँ, पुस १०

काठमाडौँको प्रसिद्ध धार्मिकस्थल बौद्धनाथ स्तुपा परिसरमा शनिबार स्थानीय शान्ति–सुरक्षा सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र, बौद्धले आयोजना गरेको सो कार्यक्रममा स्थानीय सरोकारवाहरूको उल्लेख्य सभागिता रहेको थियो ।

सामुदायिक सेवा केन्द्र, बौद्धका संस्थापक अध्यक्ष तथा संरक्षक जयमङ्गल लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय बुद्धिजीवी नेपालजीत लामा, समाजसेवी देवीप्रसाद घिमिरे, डोल्मा लामा, सूर्य बज्रलामा, सामुदायिक विद्यालय संयोजक हरि श्रेष्ठ, सामुदायिक सेवा केन्द्र, भोजपुरकी अध्यक्ष लीलामाया तामाङ, सुन व्यावसायी मदन शाक्य लगायतले बौद्धनाथ क्षेत्रको समग्र शान्ति–सुरक्षाबारे जिज्ञासा राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरीवृत्त, बौद्धका प्रमुख डिएसपी विपिन रेग्मीले भने, ‘शान्ति–सुरक्षा भनेको समाजको मुख्य सरोकारको विषय हो । तसर्थ यसलाई सुदृढ रुपमा कायम राख्नका लागि स्थानीय जनसमुदायको महत्वपूर्ण भूमिका रहन्छ’ उनले थपे, ‘प्रहरी प्रशासन शान्ति–सुरक्षा कायम गर्न सदा तत्पर छ ।’

सामुदायिक सेवा केन्द्र, बौद्धका महासचिव वीरबहादुर लामा वाइबाले सुरक्षा निकाय र स्थानीय जनसमुदायबीच एकै थलोमा स्थानीय क्षेत्रको शान्ति–सुरक्षा सम्बन्धी विमर्श गर्ने उद्देश्यले आयोजित कार्यक्रम सोचेअनुरुप नै सफल भएको बताए ।

प्रकाशित मिति: १० पुस २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्