गठबन्धनले सत्ता बाहेक बाँकी सत्य देखेको छैन : मिनेन्द्र रिजाल


 


काठमाडौँ, माघ २३ । नेपाली काँग्रेसका नेता डा। मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनबाट धेरै आशा गर्न सकिने ठाउँ नरहेको बताएका छन् ।

मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । उनले गठबन्ध्नले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताए ।

अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै उनले नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने बताए । उनले गठबन्धनका शीर्ष नेताले सत्ता बाहेक बाँकी सत्य नदेखेको बताए ।

नेता रिजालले बर्तमान अवस्था आउन नदिन अब निर्वाचन प्रणाली नै बदल्नै पर्ने आवश्यकता रहेको बताए ।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्