साउदीको मक्का मस्जिद जानका लागि नियम परिवर्तन


 


काठमाडौं । साउदी अरबमा अवस्थित इस्लाम धर्मको सबैभन्दा पवित्र स्थान मक्का मस्जिद जानका लागि नयाँ नियम लगाइएको छ ।

संसारभरका मुस्लिमहरू हज र उमराह गर्न आउने भएकाले भीडलाई नियन्त्रण गर्न साउदी सरकारले यस वर्ष पनि नियम परिवर्तन गरेको हो । साउदी सरकारले समय समयमा नियम परिवर्तन गर्दै आएको छ ।
मक्का जनरल अथॉरिटीले बेबी स्ट्रोलरहरूलाई अब मटाफमा अनुमति नदिइने घोषणा गरेको छ ।

साउदी सरकारको समाचार एजेन्सी साउदी ग्याजेटका अनुसार ग्रान्ड मस्जिद र पैगम्बर मस्जिदको हेरचाहको लागि सामान्य प्राधिकरणले मटाफमा बेबी स्ट्रोलर (साना बच्चाहरू बोक्ने गाडा) प्रतिबन्ध लगाएको छ। काबाको वरिपरि परिक्रमा गर्ने क्षेत्रलाई मटाफ भनिन्छ।

प्राधिकरणले घोषणा गरेअनुसार मक्काको ग्रान्ड मस्जिद भित्र बेबी स्ट्रोलरहरूको लागि एक तोकिएको ठाउँ छ, जहाँ यसलाई लैजान अनुमति दिइनेछ । अनुमति दिइएको क्षेत्रमा माटाफ र मासाको माथिल्लो तलाहरू समावेश छन् ।

सफा र मारवा बीचको स्थानलाई मसा भनिन्छ। यी स्थानहरूमा, बेबी स्ट्रलर फहाद मार्फत अनुमति दिइनेछ ।

मटाफ र मासा फ्लोरहरूमा भीडभाड भएको अवस्थामा, बेबी स्ट्रोलरहरूलाई मस्जिदमा प्रवेश गर्न प्रतिबन्ध लगाउन सकिन्छ ।

साउदी अरबको अर्थतन्त्रमा मक्कामा हज र उमराहको महत्वपूर्ण योगदान छ। हजमा जानेको संख्या वर्षेनी बढ्दै गएको छ ।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्