देउवाको गृहजिल्ला डडेल्धुरामा राप्रपाको शक्ति प्रदर्शन (तस्बिरहरु)


 


काठमाडौं, माघ २३। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले डडेलधुरामा मंगलबार आमसभा आयोजना गरेको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुरामा राप्रपाले शक्ति प्रदर्शनको रुपमा आमसभा आयोजना गरेको हो ।

आमसभामा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु र सर्वसाधारणहरु सहभागी रहेका छन् ।

आमसभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, वरीष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पूर्व अध्यक्ष प्रकाशचन्द्र लोहनीलगायतका सयौं नेता कार्यकर्ता उपस्थिति भएका छन् ।

जारी कार्यक्रममा संघीयता खारेजी गरी देश बचाउन अत्यावश्यक भएको ठहर कयौं व्यक्तिहरु राप्रपा प्रवेश गरेको वरीष्ठ उपाध्यक्ष मिश्रले जानकारी दिए ।

डडेल्धुरामा पूर्व प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति देउवा बहुदल स्थापना पछिका सबै चुनावमा विजयी हुँदै आएका छन् ।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्