माओबादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष नछोड्ने


 


काठमाडौं, माघ २३ । नेकपा ९माओवादी केन्द्र० ले राष्ट्रियसभाको अध्यक्ष नछोड्ने भएको छ ।

पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकका क्रममा बोल्दै अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सभाको अध्यक्ष नछोड्ने बताएका हुन् ।

उनले राष्ट्रियसभाको ठूलो दलको हैसियतले आफूहरुले नै राष्ट्रियसभाको अध्यक्ष लिने बताए । माघ ११ गतेको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी केन्द्र ठूलो दल बनेको छ ।

आजको दलको बैठकमा अधिकांश सांसदहरुले पनि राष्ट्रिय सभाको अध्यक्ष कुनैपनि हालतमा नछाड्न नेतृत्वसमक्ष दबाब दिएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसले आफूहरुलाई धोका दिएको भन्दै माओवादी केन्द्रका नेताहरु रुष्ट छन् ।

कांग्रेसका नेताहरुले भने राष्ट्रिय सभाको अध्यक्ष कृष्णप्रसाद सिटौला बन्ने दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्