नेपाल र भारतका खेलकुदमन्त्रीबीच भेटवार्ता


 


काठमाडाैं । नेपालका खेलकुदमन्त्री दिगबहादुर लिम्बु र भारतका समकक्षी अनुराग सिंह ठाकुरबीच भेटवार्ता भएको छ ।

७ देखि ९ फेब्रुअरी २०२४ सम्म दिल्लीमा हुने बिमस्टेक एक्वाटिक्स च्याम्पियनसिपअघि दुई देशका समकक्षीबीच भेटवार्ता भएको हो ।

भेटमा दुवै राष्ट्रको युवा शक्तिलाई सदुपयोग गर्दै खेलकुदका क्षेत्रमा साझेदारीका अवसरबारे छलफल भएको बताइएको छ।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्