अस्ट्रेलियाली-चिनियाँ लेखक याङ हेङजुनलाई चीनमा ‘निलम्बित मृत्युदण्ड’


 


काठमाडौं । अस्ट्रेलियाली-चिनियाँ लेखक याङ हेङजुनलाई चिनियाँ अदालतले ‘निलम्बित मृत्युदण्ड’को सजाय सुनाएको छ।

चिनियाँ कानून अनुसार, जब एक दोषीलाई निलम्बित मृत्युको सजाय सुनाइन्छ, यसको मतलब उसलाई तुरुन्तै मृत्युदण्ड दिइने छैन र दुई वर्षको समय दिइनेछ। मृत्युदण्डको सजाय दुई वर्षमा जन्मकैदमा परिणत हुन सक्ने सम्भावना हुन्छ ।

हेङजुनको मुद्दामा पनि दुई वर्षपछि उनको मृत्युदण्डलाई जन्मकैदमा परिणत गर्न सकिने विश्वास गरिएको छ ।

डा. याङ- एक विद्वान र लेखक हुन् जसले चीनको मामिलामा लेख्छन्। पाँच वर्षअघि उनी जासुसीको आरोपमा चीनमा पक्राउ परेका थिए ।

अष्ट्रेलियाली विदेशमन्त्री पेनी वोङले अष्ट्रेलिया सरकारले लामो समयदेखि उनको रिहाइको लागि निवेदन दिएको र यो निर्णयबाट “चकित” भएको बताए।

याङले यसअघि चीनको सुरक्षा मन्त्रालयमा काम गरेका थिए। उनी एक चिनियाँ-अस्ट्रेलियन विद्वान र उपन्यासकार हुन् र चीन मामिलाहरूमा ब्लग लेख्छन् ।

उनी “डेमोक्रेसी पेडलर” को उपनामले परिचित छन् । यद्यपि उनले आफ्ना लेखहरूमा चिनियाँ सरकारको प्रत्यक्ष आलोचनालाई प्रायः बेवास्ता गरेका छन् ।

५७ वर्षीय याङलाई सन् २०१९ मा ग्वाङ्झाउ एयरपोर्टबाट जासुसी गरेको आरोपमा पक्राउ गरिएको थियो ।

याङको मुद्दा बन्द ढोका पछाडि सुनिएको थियो र उनको तर्कहरू कहिल्यै सार्वजनिक गरिएको थिएन।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्