सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु


 


काठमाडौं, माघ २३ । काठमाडौंको सिनामंगलमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मधेश प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दिपक राईको सोमबार बेलुकी मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसण्न्धान अगाडि अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्