शौचालय भित्र एक जना मृत फेला


 


धनगढी, माघ २३ । कैलालीको भजनीमा एक जना शौचालय भित्र मृत अवस्थामा फेला परेका छन् ।

जिल्लामो भजनी नगरपालिका– २ मोहनपुर स्थित भजनी जोशीपुर सडक–खण्ड नजिकै रहेको रामभरौसे चौधरीको शौचालय भित्र नामथर, वतन नखुलेको अन्दाजी वर्ष ७२ का एक व्यक्ति फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी लडेर शौचालय भित्र परेर मृत्यु भएको हो । उनी मृत अवस्थामा सोमबार दिउँसो फेला परेका हुन् ।

यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय भजनीबाट आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्