सुनको मूल्य निरन्तर घट्दै, कति छ आज तोलाको ?


 


काठमाडौं, माघ २३ । नेपाली बजारमा केही दिनदेखि सुनको मूल्य घट्दै गइरहेको छ ।

सुन आज तोलामा थप पाँच सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १८ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । सुन अघिल्लो हप्ताको शुक्रबारदेखि घट्दै गइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन शुक्रबार प्रतितोला १९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्