चिनियाँ टेक जायन्ट टेन्सेन्टका १२० कर्मचारी बर्खास्त


 


एजेन्सी । चिनियाँ विशाल प्रविधि कम्पनी टेनसेन्टले सन् २०२३ मा भ्रष्टाचार, अनियमितता तथा जालसाजीसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ ।

हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता र लोकप्रिय सुपर–एप विच्याटको लगानीकर्ता हो । टेन्सेन्टका संस्थापक पोनी माले सन् २०२२ मा आफ्नो कम्पनीमा भएको भ्रष्टाचारको स्तरलाई ‘स्तब्ध पार्ने’ घटनाका रूपमा उल्लेख गरेका छन्‌ ।

टेन्सेन्टका अनुसार गत वर्ष ७० भन्दा बढी आचारसंहिता उल्लंघनका घटना भएका थिए । समूहले शुक्रबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘१२० जनाभन्दा बढीलाई कम्पनीबाट बर्खास्त गरिएको छ र करिब २० सचेत गराइएको छ ।’

बर्खास्त गरिएका कर्मचारीमध्ये केही समूहको समाचार, खेल र फिल्मजस्ता सामग्रीप्रसारणका लागि जिम्मेवार परामर्श (पीसीजी) शाखाका थिए । अन्यले टेनसेन्टको चीनको ठूलो बजार हिस्सा टेलिमेडिसिन अनुप्रयोगहरूको समूहको चिकित्सा सेवा शाखामा काम गर्थे।

सजाय पाएकामध्ये एक कर्मचारीलाई चार वर्षको जेल सजाय र एक लाख युआन अर्थात् १४ हजार अमेरिकी डलर बराबर जरिवाना गरिएको छ ।

चीनमा १८ वर्षमुनिका खेलाडीका लागि अनलाइन गेमिङ टाइममा लगाइएको प्रतिबन्धले समूहको नाफामा धक्का पुगेको समय कर्मचारीहरूलाई विभिन्न बहानामा निस्काशित गरिएको थियो ।

टेन्सेन्टले विशेष गरी युरोपमा थप अवसरहरूको खोजी गरिरहेको छ, जहाँ यसले प्रमुख गेमिंग स्टुडियोहरूमा वैध लगानीको अवसर प्राप्त गरेर आफ्नो स्थितिलाई बलियो बनाइरहेको छ ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्