साफ यु–१९ महिला च्याम्पियनसिपमा आज नेपालले भारतसँग खेल्ने
काठमाडौँ । साफ यु–१९ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले लिगको अन्तिम खेलमा भारतको सामना गर्दैछ ।
खेल बंगलादेशको ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।
शीर्ष दुईमा रहेर फाइनल खेल्नका लागि नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ ।
पराजित वा बराबरी भएको खण्डमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ । घरेलु टोली बंगलादेश भने फाइनलमा पुगिसकेको छ ।
प्रकाशित मिति: २३ माघ २०८०, मंगलबार