अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोली हैदरावाद हाउसमा


 


काठमाडाैं । भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको टोलीलाई हैदरावाद हाउसमा स्वागत गरिएको छ । भारतीय पक्षले सामाजिक संजाल एक्स मा ट्वीट गर्दै समितीका सभापती सांसद सांसद राजकिशोर यादवको नेतृत्वको टोलीलाई हैदरावाद हाउस, नयाँ दिल्लीमा स्वागत गरेको जनाइएको छ ।

भी मुरलीधरनले सामाजिक सञ्जाल एक्समा ट्वीट गर्दै लेखेका छन् । ‘माननीय सांसद राजकिशोर यादवको नेतृत्वमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटनसम्बन्धी संसदीय समितिको हैदरावाद हाउस, नयाँ दिल्लीमा आयोजना गर्न पाउँदा खुसी लागेको छ । भारत(नेपाल सम्बन्धमा सकारात्मक गतिलाई महत्व दिन र निरन्तर संसदीय आदानप्रदानमा सहयोग पुग्नेछ ।’

भारतीय संसदको अन्तर्राष्ट्रिय समितिको निमन्त्रणमा मंगलबारदेखी समितीका सभापती यादवसहित सुनीता बराल, छिरिङबहादुर ल्हामु लामा तामाङ, सम्झना थपलिया, योगेश गौचन, हरि उप्रेती, शिशिर खनाल र गंगाराम चौधरी भारत भ्रमणमा छन् ।

३० जनवरीदेखि ६ फ्रेबुअरीसम्म भारतमा रहने सांसदहरूको टोलीका लागि नेपाली राजदूतावासले संसदीय टोलीलाई भारतीय पक्षसंग कुराकानी गर्नको लागि बिभिन्न सुझावहरू दिएको छ। जसअनुसार नेपालीलाई सिम कार्डको सहज उपलब्धता, शिक्षण संस्थानमा भारतीय सरह शुल्क लिनुपर्ने र ह्यूमन ट्र्याफिकिंगको समस्यालगायतका अजेन्डा उठाउन सुझाव दिएको हो।

प्रकाशित मिति: १९ माघ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्