मुगुमा घरमा आगलागी हुँदा दुई दाजु-बहिनीको मृत्यु


 


काठमाडौं, माघ २२ । मुगुमा घरमा आगलागी हुँदा एउटै घरका दाजु-बहिनीको मृत्यु भएको छ ।

जिल्लाको खत्याड गाउँपालिका–२ गाडेखोलामा आइतबार राति आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको हो ।

स्थानीय लालु सञ्ज्यालको घरमा आगलागी हुँदा सञ्ज्यालका १४ वर्षीय छोरा विशाल र १२ वर्षीया छोरी झरनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

आगलागीमा लालु स¬ज्यालकी श्रीमतीले भने भागेर ज्यान बताएकी छन् । प्रहरीका अनुसार लालुको घरमा उनकी श्रीमती र दुई छोराछोरी बस्दै आएका थिए । लालु कामका लागि भारत भएका छन् ।

लालुकी श्रीमतीले ताप्नका लागि बालेको आगो राति निभाउन भुल्दा आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीमा परी धनसम्पत्ति, पशु चौपाय र खाद्यान्न पूर्ण रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

घटनाको मुचुल्का गर्ने काम भइरहेको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्