प्रहरीलाई प्रदेशको अधीनमा राख्दा विकृति सृजना हुन्छ : ओली


 


काठमाडौं, माघ २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रहरीलाई प्रदेशको अधीनमा राख्ने कुरा उचित नभएको बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् । उनले प्रदेशमा प्रहरी मात्रै नभएर संघीयता कार्यान्वयन गर्न कुनै समस्या नभएको बताए ।

प्रहरी प्रदेशको अधीनमा राख्दा विकृति सिर्जना हुने दाबी गर्दै उनले भने, ‘प्रहरीलाई नेता र मन्त्रीको अधीनमा भन्दा पनि स्वतन्त्र रहनुपर्छ ।’

त्यस्तै, अध्यक्ष ओलीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सहमतिबाटै अघि बढाउन छलफल भइरहेको बताए ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्