पूर्वराजा पार्टी खोल्ने आधार तयार गर्दैछन् : अध्यक्ष ओली


 


महाृत्तरी, माघ २२ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाह अहिले देश दौडाहाको नाममा पार्टी खोल्ने आधार तयार गर्न लागिरहेको बताएका छन् ।

महोत्तरीमा पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्न पुगेको ओलीले जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यस्तो दाबी गरेका हुन् ।

उनले देशमा राजतन्त्र फर्किने सम्भावना नदेखेपछि पूर्व राजा पार्टी खोल्ने आधार तयार गर्न लागेको बताए । उनले अहिले राजनीतिक परिवर्तनलाई उल्टाउने षड्यन्त्र भइरहे पनि कुनै हालतमा सफल नहुने बताए।

ओलीले अहिलेको सरकारकै कारण हरेक निकायहरू असफल भइरहेको समेत बताए । प्रदेश सरकारको काम कारबाहीकै कारण अहिले संघीयता धरापमा परिरहेको समेत उनको आरोप छ ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्