बलात्कार आरोपमा भारतीय नागरिक पक्राउ


 


झापा, माघ २२ । ३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-९ बस्ने एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारत बलिया थाना घर भएका ५० वर्षीय अजय गुप्तालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गुप्ताले ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको आरोप छ ।

उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्