किशोरीमाथि सामूहिक बलात्कार, दुईजना पक्राउ


 


दाङ, माघ २२ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुरबाट दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका–१२ हरिपौरा बस्ने २१ वर्षीय अशोक चौधरी समेत दुई जनालाई आइतबार
दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले ती किशोरीलाई ललाई फकाई सोही नगरपालिका–११ गैरागाउँस्थित नर्सरीमा लगेर शनिबार राति जबरजस्ती करणी गरेको आरोप छ ।

उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्