पानीमा डुबेर मृत्यु


 


काठमाडौं, माघ २२ । चन्द्रागिरी नगरपालिका-१० बुद्वमन्दिर परिसरभित्र निर्माणाधिन भवनको भर्‍याङ मुनि रहेको रिजर्व पानीमा डुबेर एक १० वर्षीय बालकको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने घादिङ गजुरी गाउँपालिका घर भएका सरिता तामाङको छोरा १० वर्षीय सबिन तामाङको आइतबार साँझ डुबेर मृत्यु भएको हो ।

खेल्ने क्रममा डुबेर अशक्त भएका उनको नेपाल सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्