काष्ठ उद्योगमा आगलागी हुँदा १५ लाखको क्षति


 


ललितपुर, माघ २२ । ललितपुर महानगरपालिका-१५ पाटन औद्योगिक क्षेत्रभित्र सोही महानगरपालिका-२८ हात्तिबन बस्ने पदम बहादुर श्रेष्ठको सिजिनिङ काष्ठ उद्योगमा आगलागी भएको छ ।

आइतबार दिउँसो भएको आगलागीमा २ हजार ५ सय क्यूफिट काठ समेतका सामान जलेर करिब १५ लाख रूपैयाँ बराबरको
धनमाल नष्ट भएको छ ।

नेपाल प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दा र दुई वटा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्