अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ


 


काठमाडौं, माघ २२ । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको २ सय ५० थान गरी जम्मा २५ हजार अमेरिकी डलरसहित प्रहरीले एक २९ वर्षीय सुई बिङ्गक्यानलाई पक्राउ गरेको छ ।

चाईना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको ब्यागभित्र उक्त डलर फेला पारी उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने छ ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्