दुल्लुका एक वडाध्यक्षको निधन


 


सुर्खेत, माघ २२ । दैलेखको दुल्लु नगरपालिका–१३, का वडाध्यक्ष विर्खबहादुर शाहीको निधन भएको छ ।

दुल्लु नगरपालिकाका मेयर भरत रिजालले वडाध्यक्ष शाहीको आज बिहान निधन भएको जानकारी गराए । उनी क्यान्सर रोगबाट ग्रसित थिए ।

अध्यक्ष शाही नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्