काठमाडौँका यी ठाउँमा जोडियो १ हजार बढी स्मार्ट लाइट


 


काठमाडौँ, माघ २२ । काठमाडौँ महानगरपालिकाले काठमाडौंका विभिन्न ठाउँमा एक हजार भन्दा बढी स्मार्ट स्ट्रीट लाइट जडान गरेको छ ।

महानगरले महाराजगञ्ज– लैनचौर–जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र–बालुवाटार–नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर–थापाथली–माइतीघर मण्डलासम्म ७६ वटा, चावहिल–बौद्ध सडक खण्डमा ९९ वटा वत्ती जडान गरेको हो ।

महानगरपालिकाका इलेक्ट्रिकल इञ्जिनियर पदमराज पौडेलले स्थलगत अध्ययनपछि यी ठाउँमा स्मार्ट लाइट लडान गरिएको बताए । उनले आवश्यकताका आधारमा केही संख्या कम भएको समेत बताए ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्