विश्वकप खेलेर यू-१९ क्रिकेट टिम स्वदेश फिर्ता


 


काठमाडौं, माघ २२ । दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टिम स्वदे् फिर्ता भएको छ ।

नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् ।

समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि नेपाल अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो ।

सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भयो ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्