सुनचाँदीको मूल्य आज पनि घट्यो


 


काठमाडौं, माघ २२ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य आज पनि घटेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्