माघमै फुल्यो लालीगुराँस


 


मकवानपुर, माघ २१ । मकवानपुरको पहाडी भेगमा माघमै लालीगुराँस फुलेका छन् ।

जिल्लाको थाहा नगरपालिकाको दामन, कैलाश, भीमफेदी, इन्द्रसरोबर गाउँपालिका क्षेत्रमा ढकमक्क लाली गुराँस फुलेका हुन् ।

विगतका वर्षमा फागुनमा फुल्ने राष्ट्रिय फूल लालिगुँरास यस वर्ष माघमै फुले । विगतका वर्षहरूमा लालिगुराँस फागुनको अन्तिम सातादेखि फुल्न सुरु गरेर चैतसम्म रहन्थे ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्