नेप्से ५ अंकले घट्यो, ३ अर्ब बढीको कारोबार


 


काठमाडौं, माघ २१ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको पहिलो दिन आज आइतबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ५.३१ अंकले घटेर दुई हजार ६१ दशमलव ७० विन्दुमा बन्द भएको हो ।

आज ३ अर्ब २१ करोड ६७ लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये १०४ वटाको बढेको छ भने १३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

यी कम्पनीहरुमध्ये युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२०३.५० रुपैयाँ पुगेको छ भने मोलुङ हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.४६ प्रतिशतले बढेको छ ।

त्यस्तै, महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको ३३ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्