राष्ट्रियसभा अध्यक्षको चुनाव फागुन २९ मा गर्न प्रस्ताव


 


काठमाडौँ, माघ २१ । राष्ट्रियसभाको अध्यक्षको चुनाव आगामी फागुन २९ गते गर्न प्रस्ताव गरिएको छ ।

राष्ट्रियसभाले सभाको अध्यक्ष पद रिक्त भएपछि त्यसको एकसाताभित्र निर्वाचन गर्नेबारे कार्यतालिका बनाएको हो ।

शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डर अनुसार फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका छ ।

अहिले सम्भावित कार्यातालिका बनेपनि राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने बताइएकाे छ ।

राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुको सपथग्रहण भने फागुन २१ गते हुने बताइएको छ । आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसद विदाइ हुँदैछन् ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्