१० किलो गाँजा बरामद


 


बारा, माघ २१ । बारा प्रहरीले सुवर्ण गाउँपालिका–२ नहर चोकबाट करिब १० किलो अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय कबहीबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरी टोलीलाई देख्नासाथ अनटेस्ट लेखिएको मोटरसाइकल र झोला छाडी अपरिचित व्यक्तिहरू फरार भएपश्चात उक्त झोला जाँच गर्ने क्रममा गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

हाल फरार व्यक्तिहरूको खोजी गरिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्