पोखरामा लुडो र जुवातास खेलिरहेका १२ जना पक्राउ


 


कास्की, माघ २१ । कास्की प्रहरीले पोखरा महानगरपालिका–११ धरहरा मार्गबाट जुवा (लुडो) खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ४८ वर्षीय किसान पुनको खाजा घरमा जुवा (लुडो) खेलिरहेको अवस्थामा उनीसहित पाँच जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७२ हजार २ सय २५ रूपैयाँ, खेलमा प्रयोग हुने गोटी १६ वटा र डाईस १ वटासहित पक्राउ गरेको जनाएको छ ।

यसैगरी प्रहरीले पोखरा महानगरपालिका–१२ प्रगति टोलबाट पनि जुवातास खेलिरहेका सात जनालाई पक्राउ गरेको छ ।

सोही ठाउँ डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका–८ तुरतुरे घर भएका ६६ वर्षीय नर बहादुर गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीसमेत सात जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ६६ हजार ४ सय ३५ रूपैयाँ र ४ बुक तास बरामद गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्