अर्कैको कोठामा लगेर किशोरीमाथि १० दिनसम्म जबरजस्ती करणी


 


बर्दिया, माघ २१ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले बर्दियाको राजापुर नगरपालिका–६ महुवा बस्ने १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

ती किशोरले किशोरीलाई ललाई फकाई नेपालगञ्ज उपमहानगरपालिका–१ बेलासपुरस्थित दाजु नाता पर्ने व्यक्तिको कोठामा लगेर माघ ४ देखि १४ गतेसम्म जबरजस्ती करणी गरेको आरोप छ ।

उनीविरुद्ध किशोरीमाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि सोही आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्