काँग्रेस महासमिति बैठकका लागि उपसमिति संयोजक तोकिए, क–कसले पाए जिम्मेवारी


 


काठमाडौं, माघ २१ । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० सम्म हुने महासमिति बैठकको तयारीका लागि उपसचिकिा संयोजक तोकेको छ ।

महासमिति बैठकका मूल समितिका संयोजक सभापति शेरबहादुर देउवाले आठ जना नेतालाई उपसमिति संयोजक तोकेका हुन् ।

देउवाले प्रचार प्रसार उपसमिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मा, आवास समन्वय उपसमितिको संयोजक मदनबहादुर अमात्य, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा उदय शम्शेर राणा र यातायात व्यवस्थापन समिति संयोजकमा धना खतिवडालाई तोकेका छन् ।

त्यसैगरि स्वयंसेवक परिचालन उपसमितिमा जीतजंग बस्नेत, स्वास्थ्य समन्वय उपसमितिमा उर्मिला नेपाल के.सी., प्रदेश समन्वय उपसमितिमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापन उपसमितिको संयोजक जितेन्द्र श्रेष्ठ तोकिएका छन् ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्