किशोरीलाई बलात्कार गरेको आरोपमा ६७ वर्षीय बृद्ध पक्राउ


 


काठमाडौं, माघ २१ । बर्दियामा एक १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक बृद्धलाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको गुलरिया नगरपालिका–४ कैलाशनगर बस्ने ६७ वर्षीय पंमबहादुर रानाभाटलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

रानाभाटले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको आरोप छ । रानाभाटविरुद्ध उजुरी परेपछि सोही आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्