६८ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ


 


काठमाडौं, माघ २१ , बर्दियामा ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको बारबर्दिया नगरपालिका–११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई शनिबार दिउँसो पक्राउ
गरेको हो ।

थारूले सोही नगरपालिका–११ बिजयनगरमा गत १४ गते ती बृद्धालाई जबरजस्ती करणी गरेको आरोप छ ।

थारुविरुद्ध जबरजतिी करणीको उजुरी परेपछि ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति: २१ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्